शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकका विद्यालय संचालनमा अन्यौल कायमै, सिडियो र गाउँपालिका अध्यक्षको कुरा बाझियो !

सिन्धुपाल्चोकका विद्यालय संचालनमा अन्यौल कायमै, सिडियो र गाउँपालिका अध्यक्षको कुरा बाझियो !

मेगा खबर संवाददाता

६, आश्विन २०७७
  • 4.0K
    SHARES

  • सिन्धुपाल्चोकका विद्यालय संचालनमा अन्यौल कायमै, सिडियो र गाउँपालिका अध्यक्षको कुरा बाझियो !

    काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथामका लागि लगाइएको लकडाउनका कारण प्रभावित भएका विद्यालयहरु संचालनको तयारी हुँदैगर्दा सिन्धुपाल्चोकमा भने अन्यौल कायमै छ । जिल्लाको बलेफी गाउँपालिकाका केही विद्यालयहरु संचालनमा आएका छन् । गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले मेगाखबरलाई दिएको जानकारी अनुसार कक्षा ९ र १० का केही कक्षाहरु संचालमा आएका हुन् । 

    तर, प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकाल भने विद्यालयको प्रशासन शाखामात्र खुल्न पाउने तर्क गर्छन् । शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाई सहजिकरण–२०७७’ को निर्देशिका अनुरुप कक्षा संचालन हुनुपर्ने बताउँदै ढकालले विद्यार्थीलाई विद्यालयमा भौतिक रुपमा गराएर पढाउन निर्णय नभएको बताए । उता, बलेफीका अध्यक्ष क्षेत्री भने निर्देशिकामा जे–जे लेखिएको भएपनि ‘कुनै क्षेत्र विषेशमा नियमित विद्यालय संचालन गर्न सकिने भएमा प्रत्यक्ष शिक्षण सिकाई को काममा बाधा पर्ने छैन’ भनिएको अनुसार विद्यालय खोलिएको बताउँछन् । 

    यदी विद्यालय बन्द गराउन पर्ने भएपनि जिल्ला प्रशासन कार्यालयबाट औपचारिक चिठ्ठि पठाएर अनुरोध गर्नपर्ने उनको तर्क छ । उनले भने, ‘अहिले चाँही के भइरहेको छ भने, बन्द गर्ने हो भने तर सिडियो कार्यालयले गाउँपालिकालाई पत्र लेख्न पर्यो नित । स्कुलमा प्रहरी पठाउने, तपाईंहरुले तुरुन्त बन्द गर्नुस भन्ने त भएन नी !’

    उता जिल्ला प्रशासन कार्यालयका प्रमुख ढकाल भन्छन्, ‘स्कुलको प्रशसन शाखा खुल्छ । शिक्षकहरु उपस्थित हुन्छन् । विद्यार्थीको पढाई स्कुलमा हुँदैन् । पढाई वैकल्पिक माध्यम (अनलाईन/भर्चुअल)बाट हुन्छ । समुदायमा पुगेर पनि पढाई हुन्छ । शिक्षा मन्त्रालयको कार्यविधि अनुसार अघि बढ्नपर्छ । विद्यार्थीलाई स्कुलमा बोलाएर पढाउन पाइएन् ।’

    गाउँपालिकाको शिक्षा समितिले निर्देशिकाकै आधारमा विद्यालय खोलिएको बताउँदै उनले भने,‘यो शिक्षा समितिले निर्णय गरेर खोलेको हो । यदी यो कुरा ठिक होइन भने हामीलाई चिठि पठाउन पर्यो । हामीसँग कुरा हुन पर्यो । हामी के आधारमा खोलेका छौं । त्यो हामी भन्छौं । स्पट निर्देशन नआएसम्म हामी रोक्दैनौं ।’

    यसअघि जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै प्रशासनक कार्यहरु संचालन हुने र भर्चुअल तथा अनलाईन लगायतका शिक्षा मन्त्रालयबाट स्वीकृत कार्यविधि बमोजिम शिक्षण कार्य भने हुने भनेर उल्लेख गरिएको थियो ।

    याे पनि:

    सिन्धुपाल्चोकका विद्यालय संचालनमा अन्यौल ! खोल्ने कि भर्चुअल सम्भव छ ?

    उता, बाह्रविसे नगरपालिकामा पनि विद्यालय संचालन भएका छन् । सबै कक्षाहरु संचालन गरेको तर, विद्यार्थीहरु धेरै उपस्थिति नभएको सोही नगरपालिकाका शिक्षक तोयानाथ नेपालले मेगाखबरलाई बताए । उनका अनुसार विद्यार्थीहरुलाई ग्रपुमा विभाजन गरेर पढाइएको छ । विद्यार्थीहरु धेरै उपस्थित नभएको र दिउँसो २÷३ बजे फर्किसक्ने उनले बताए ।

    कोरोना महामारीकाबीच विद्यार्थीहरुको भविप्य डामाडोल बन्दै गइरहेको अवस्थामा गाउँपालिकाको जनप्रतिनिधिलाई नै यसबारे केही थाहा छैन । यसबारे आफूलाई केही थाहा नभएको, बाह्रविसे नगरपालिका उप प्रमुख सुशिला पाख्रिनले जानकारी दिइन् । 

    उता, बेलफी गाउँपालिका जलविरे–१ स्थित रहेका आनन्द उच्च माध्यमिक विद्यालय, का प्रधानाध्यापक भूमिनन्द तिमिल्सिना भने विद्यालयमा क्वारेन्टाइन बनाइएकोले विद्यालय जान नसकेको बताउँछन । विदालयमा बनाइएका क्वारेन्टाइन नहटाएसम्म अहिले गएर पढाउन सकिने अवस्था नरहेको उनको भनाई छ ।

    त्यस्तै, जिल्लाको चौतारा–साँगाचोकगढी नगरपालिकामा पनि विद्यालयहरु संचालन भएका छैनन् । नगर प्रमुख अमानसिंह तामाङका अनुसार जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशन अनुसार अहिले विद्यालय नखोलिएको हो । कोरोना जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा भएका क्वारेन्टाइन हटाएर पहाडी क्षेत्रका विद्यालयहरु विस्तारै खोल्दै जानपर्ने उनको तर्क छ ।

    मंगलवार, आश्विन ६ २०७७०६:२०:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार