शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क कानुनी सेवा दिन ४२ कानुन व्यवसायी सूचीकृत (सूची)

आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क कानुनी सेवा दिन ४२ कानुन व्यवसायी सूचीकृत (सूची)

मेगा खबर संवाददाता

२१, कार्तिक २०८३
  • 121
    SHARES

  • आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क कानुनी सेवा दिन ४२ कानुन व्यवसायी सूचीकृत (सूची)

    काठमाडौं, आर्थिक अभावका कारण न्यायको पहुँचबाट वञ्चित हुन सक्ने नागरिकलाई अब निःशुल्क कानुनी सहायता उपलब्ध हुने भएको छ । विशेष अदालत काठमाडौंले स्वेच्छिक निःशुल्क कानुनी सेवा (प्रो–बोनो) प्रदान गर्न ४२ जना कानुन व्यवसायीलाई सूचीकृत गरेको छ ।

    अदालतको शुक्रबार बसेको बैठकले उक्त सेवाका लागि कानुन व्यवसायीहरू सूचीकृत गर्ने निर्णय गरेको हो । सूचीकृत कानुन व्यवसायीले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका र कानुनी उपचारका लागि खर्च जुटाउन नसक्ने असमर्थ पक्षलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउनेछन् ।

    यसले आर्थिक अभावकै कारण न्याय पाउनबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्दै न्यायमा सबैको समान र सहज पहुँच स्थापित गर्न सहयोग पुग्ने अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीले जानकारी दिए ।

    891509368_1658037255779157_552356018869772486_n

    891752458_1298533755731354_3522786852893643855_n

    शुक्रवार, कार्तिक २१ २०८३०४:५९:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार