बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेप्सेमा झिनो हरियाली, कारोबार रकम भने साढे ७ अर्बनजिक

नेप्सेमा झिनो हरियाली, कारोबार रकम भने साढे ७ अर्बनजिक

मेगा खबर संवाददाता

१९, कार्तिक २०८३
  • 28
    SHARES

  • काठमाडौं, सेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा बन्द हुँदा कारोबार रकम भने बढेर ७ अर्ब ४३ करोड रुपैयाँ नाघेको छ ।

    अघिल्लो दिन मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३५८ कम्पनीका २ करोड २१ लाख कित्ता सेयर किनबेच भए । कारोबारमा ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ वटाको घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

    बुधबार नेपाल रिइन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लाग्यो । हिमालयन रिइन्स्योरेन्स ११.४८ प्रतिशत र श्वेतगंगा हाइड्रोपावर ८.६५ प्रतिशतले बढे ।

    कारोबार रकमका आधारमा श्वेतगंगा हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको ८५ करोड रुपैयाँको सेयर कारोबार हुँदा घोराही सिमेन्टको ५१ करोड,हिमालयन रिइन्स्योरेन्सको ३६ करोड र एनआईसी एसिया बैंकको ३२ करोड रुपैयाँको कारोबार भयो ।

    १३ समूहगत उपसूचकमध्ये जीवन बिमा,म्युचुअल फन्ड,अन्य र ट्रेडिङ समूह बढ्दा बाँकी समूहमा गिरावट देखियो ।

    बुधवार, कार्तिक १९ २०८३०४:१०:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार