काठमाडौं, सुनको मूल्यले नेपाली बजारमा एकैदिन ठूलो फड्को मारेको छ । बिहीबार प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेर सुनको भाउ २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको हो ।
त्यस्तै,१० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको छ ।सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।