मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

अर्नबको असरले मौसममा उथलपुथल,देशभर वर्षा र हिमपातको चेतावनी

अर्नबको असरले मौसममा उथलपुथल,देशभर वर्षा र हिमपातको चेतावनी

मेगा खबर संवाददाता

१४, कार्तिक २०८३
  • 370
    SHARES

  • अर्नबको असरले मौसममा उथलपुथल,देशभर वर्षा र हिमपातको चेतावनी

    काठमाडौँ, बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा देखिन थालेको छ । पश्चिमी वायुको समेत प्रभाव रहेपछि देशभरको मौसम बदली भएको छ भने वर्षा, चट्याङ, हावाहुरी र हिमपातको जोखिम बढेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका अधिकांश भूभागमा बादल लाग्नेछ । कोशीदेखि लुम्बिनीसम्मका प्रदेश तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा चट्याङसहित वर्षा र हिमपात हुने सम्भावना छ ।

    केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले मौसम थप प्रतिकूल बन्ने देखिएको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावनासमेत छ ।

    शुक्रबार राति पनि मौसम खुल्ने संकेत छैन । देशका अधिकांश स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    शनिबारसमेत मौसमको प्रभाव कायमै रहनेछ । कोशी, मधेस, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    शुक्रवार, कार्तिक १४ २०८३०७:१७:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार