मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

मध्य भोटेकोशीलाई बाह्रबिसे प्रसारण हबमा जोड्ने काम अघि बढ्यो, नेतृत्वद्वारा स्थलगत निरीक्षण

मध्य भोटेकोशीलाई बाह्रबिसे प्रसारण हबमा जोड्ने काम अघि बढ्यो, नेतृत्वद्वारा स्थलगत निरीक्षण

मेगा खबर संवाददाता

१८, कार्तिक २०८३
  • 370
    SHARES

  • मध्य भोटेकोशीलाई बाह्रबिसे प्रसारण हबमा जोड्ने काम अघि बढ्यो, नेतृत्वद्वारा स्थलगत निरीक्षण

    सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा सञ्चालित १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा थप व्यवस्थित रूपमा जोड्ने काम अघि बढेको छ । यसैक्रममा आयोजनाको विद्युत केन्द्रलाई बाह्रबिसेस्थित ४००२२०१३२ केभी प्रसारण हबमा जोड्ने कार्यको प्राविधिक अवस्था र प्रगति निरीक्षण गरिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक तथा मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष मदन तिम्सिनाको नेतृत्वमा गएको टोलीले सोमबार आयोजनाको स्थलगत निरीक्षण गरेको हो । निरीक्षणका क्रममा कम्पनीका कार्यकारी निर्देशक रामगोपाल शिवाकोटी पनि सहभागी थिए ।

    टोलीलाई आयोजना प्रमुख सन्दीप जोशीले आयोजनाको समग्र अवस्था,प्राविधिक पक्ष,विद्युत् उत्पादन क्षमता, प्रसारण प्रणालीसँगको एकीकरण कार्य र आगामी योजनाबारे जानकारी गराएका थिए ।

    चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीका रूपमा रहेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले निर्माण गरेको उक्त आयोजनाले २०८२ असोजदेखि व्यावसायिक विद्युत् उत्पादन गर्दै आएको छ ।

    यसैबीच,निरीक्षणका क्रममा कर्मचारीको योगदान र व्यवस्थापनको विषयसमेत उठाइएको छ । समग्र उद्योग ट्रेड युनियन नेपाल, मध्य भोटेकोशी जलविद्युत कम्पनीका अध्यक्ष केशव तामाङले आयोजना निर्माणदेखि सञ्चालनसम्म १३–१४ वर्षदेखि निरन्तर कार्यरत कर्मचारीको अनुभव,दक्षता र योगदानको उचित मूल्याङ्कन गर्न कम्पनी नेतृत्वसँग आग्रह गरेका छन् ।

    उनले लामो समयदेखि संस्थामा काम गर्दै आएका कर्मचारीको सेवा अवधि र भूमिकालाई सम्मान गर्दै वृत्ति विकास,सेवासुविधा तथा पेसागत सुरक्षाका विषयमा न्यायोचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

    कम्पनीको संस्थागत विकास र दिगोपनका लागि कर्मचारीको मनोबल उच्च राख्नुका साथै उनीहरूको योगदानको उचित कदर गर्न आवश्यक रहेको तामाङको भनाइ थियो ।

    मध्य भोटेकोशी आयोजना सिन्धुपाल्चोकको ऊर्जा विकाससँगै राष्ट्रिय विद्युत् प्रणालीका लागि पनि महत्वपूर्ण मानिन्छ । आयोजनालाई प्रसारण हबसँग जोड्ने कामले उत्पादित विद्युत् प्रवाहलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

    मंगलवार, कार्तिक १८ २०८३११:५१:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार