शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

बलेफी–१ को वडा कार्यालयमा लगाइएको ताला खुल्यो, स्थानियको सम्पूर्ण माग पूरा हुने

बलेफी–१ को वडा कार्यालयमा लगाइएको ताला खुल्यो, स्थानियको सम्पूर्ण माग पूरा हुने

मेगा खबर संवाददाता

१७, भाद्र २०७७
  • 3.1K
    SHARES

  • बलेफी–१ को वडा कार्यालयमा लगाइएको ताला खुल्यो, स्थानियको सम्पूर्ण माग पूरा हुने

    काठमाडौं । सिन्धुपाल्चोकको वलेफी गाँउपालीका–१ को वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ । अव्यवस्थित भल कटाएका कारणबाट ६० रोपनीभन्दा बढी स्थानियको जग्गामा क्षति पुर्याएपछि विरोधस्वरुप ताला लगाइएको थियो । 

    गाँउपालिकाले पुरानै स्थानबाट पानी तर्काएपछि ताला खोलीएको हो । जलविरे–बनकाली सडकखण्ड विस्तारको क्रममा  नालीको पानी खेत भएको स्थानमा खसालिएपछि स्थानियले विरोध जनाएका थिए । भदौ १४ गते आइतबार वडा कार्यालयमा ताला लगाएका थिए । पीडितहरुको सबै समस्या समाधान गर्नेगरी वडाध्यक्षको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।

    वडा अध्यक्ष मधु थापा, इलाका प्रहरी कार्यालय जलविरे र स्थानीय पिडीतको रोहबरमा पानी तर्काएपछि ताला खुलाइएको स्थानिय रामबहादुर खड्का ले बताए । 

    वडाध्यक्ष थापाका अनुसार आफूले वडाबासीका लागि सक्दो पहल गरेर अहिलेलाई समस्या समाधान भएको छ । उनले अघि भने,‘यस वडाका प्रत्येक नागरिकको समस्यामा म सदैव अघि छु । तत्काललाई काम भएको छ । अब यसबाट परेको क्षतिपूर्तीका लागि गाउँपालिकासँग छलपल गरेर अघि बढ्ने कुरा भएको छ ।’

    साथै, जनतामा परेको समस्या समाधानका लागि आफू लागिरहेको र यो समस्यामा पनि साथ दिएर ताला खोल्ने र समस्या समाधानका लागि साथ दिएको पूर्व गाविसअध्यक्ष  तेज बहादुर थापाले बताए । 

    उक्त अव्यवस्थित भलका कारण अहिले बलेफी गाउँपालिका–१ कात्तिकेका स्थानिय १० जनाको लगभग ६० रोपनी जग्गामा बालुवाको ‘गेग्रीन’ गएर थुप्रिएको छ । अव्यवस्थित रुपमा बाटो फराकिलो बनाउँदै जाँदा अन्ततः बाली नाली नै नष्ट भएपछि समस्या समाधानका लागि प्रभावितहरु जिल्ला प्रशासन सम्म पुगेका थिए ।

    परापुर्वकालदेखि खसालिने ठाउँबाट भल नखसालेर समस्यामा परेका स्थानियहरु खानेपानीका समस्यामा पनि छन् । 

    याे पनि:

    बलेफी–१ को ६० रोपनी जग्गामा बालुवाको गेग्रीन ! स्थानिय आक्रोशित

     

    बुधवार, भाद्र १७ २०७७०८:१९:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार