शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :
सिन्धुपाल्चोक:

बलेफी–१ को ६० रोपनी जग्गामा बालुवाको गेग्रीन ! स्थानिय आक्रोशित

बलेफी–१ को ६० रोपनी जग्गामा बालुवाको गेग्रीन ! स्थानिय आक्रोशित

मेगा खबर संवाददाता

१४, भाद्र २०७७
  • 7.0K
    SHARES

  • बलेफी–१ को ६० रोपनी जग्गामा बालुवाको गेग्रीन ! स्थानिय आक्रोशित

    काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ कात्तिकेका स्थानिय १० जनाको लगभग ६० रोपनी जग्गामा बालुवाको ‘गेग्रीन’ गएर थुप्रिएको छ । जलविरे–बनकाली सडकखण्ड बाटो फराकिलो बनाउने क्रममा भल व्यवस्थित हुन नसक्दा उनीहरुको जग्गामा अहिले अन्नबालीको ठाउँमा बालुवाको गेग्रीन थुप्रिएको हो ।

    पटक–पटक वडा कार्यालय, गाउँपालिका, प्रहरी प्रशासन हुँदै जिल्ला प्रशासन कार्यालय पुग्दापनि आफ्नो समस्या समाधान नभएपछि उनीहरुले आइतबार १ नम्बर वडा कार्यालयमा ताला लगाएका छन् । स्थानियका अनुसार आफूहरुको वर्षभरिको कमाई खाने खेतमा भल लगेर झारिदिएपछि अन्नबाली नष्ट भएको छ । 

    लामो समयदेखि निकै पहल गर्दापनि आफूहरुको समस्या सुनुवाई नभएपछि वडा कार्यालयमा ताला लगाउन पुगेका स्थानियहरु पीडा किन सुनिएन् ? प्रशासनदेखि जनप्रतिनिधिसम्मले बेवास्ता गरिएको आरोप किन पटक–पटक लागिरहेको छ ? 

    यसको पछाडि केही बुझ्नपर्ने कुराहरु छन् :
    जलबिरे–बनकाली सडकखण्डको बलेफी–१ स्थित कात्तिकेका लगभग १० घरधुरिको समस्या हो यो । यो सडक स्तरोन्नतिका लागि भन्दै बजेट पर्यो । बाटो फराकिलो बनाउने काम सुरु भयो । अघिल्लो आर्थिक वर्षकै बजेटमा भएको उक्त काम आर्थिक वर्षको अन्तिमतिर मात्र सुरु भयो । 

    न काम पूरा भयो, न भएको ठाउँमा व्यवस्थित नै । 

    एक स्थानियले मेगाखबरसँग भने, ‘हाम्रो वर्षौंदेखि कमाइ गरिरहेको खेतमा भल ल्याएर खसालिएको छ । विकासको नाममा हामीहरुको विचल्ली भएको छ । हामीले धेरैठाउँमा सम्पर्क गर्दापनि समस्याको समाधान पाउन नसकेपछि वडा कार्यालयमा ताला लगाएका हौं ।’

    हेर्नुस भिडियो:

    वडादेखि जिल्लासम्म
    अव्यवस्थित रुपमा बाटो फराकिलो बनाउँदै जाँदा अन्ततः बाली नाली नै नष्ट भएपछि समस्या समाधानका लागि प्रभावितहरु जिल्ला प्रशासन सम्म पुगेका रहेछन् । 

    गाउँपालिकाकी उपाध्यक्ष कमला कायस्थकी श्रीमान राजेन्द्र कायस्थ नै जलबिरे–बनकाली सडक उपभोक्ता समितिका अध्यक्ष छन् । ‘सोही समस्यासँग जोडिएका एउटै परिवारका दुई सदस्य जो जिम्मेवार तहमा बसेका छन्, उनीहरुलाई नै पटक पटक समस्या सुनाउँदासमेत सुनुवाई भएको छैन् ।’ स्थानिय भन्छन् । सडक उपभोक्ता समितिका अध्यक्ष भएका राजेन्द्रलाई स्थानियहरुले पटक–पटक भल व्यवस्थापनका लागि पनि भने ।

    तर, काम हुन सकेन् । 

    स्थानियका अनुसार परापुर्वकालदेखि प्रयोग हुँदै आएको भललाई नहेरि आफूहरुको अन्नबाली कमाई हुने खेतमा भल खसालिएको हो । 

    स्थानियको पीडा : न खेत, न स्वास्थ्य
    परापुर्वकालदेखि खसालिने ठाउँबाट भल नखसालेर समस्यामा परेका स्थानियहरु यतिबेला स्वास्थ्यकै संकटमा पनि परेका छन् । उपभोक्ता समिति र स्थानिय सरकारले व्यवस्थित काम गर्न नसक्दा सो टोलमा बसोवास गर्ने स्थानियहरुको स्वास्थ्यमा समेत समस्या पर्न थालेको छ ।

    उनीहरुले दैनिक प्रयोग गर्दै आएको खानेपानीमा भल पसपछि अहिले रुघाखोकी, ज्वरो लगायतका समस्याबाट स्थानियहरु ग्रसित हुन थालेका छन् । 

    118287375_684835739115844_6744237251892184956_n.jpg

    परापुर्वकालदेखिको पुरानो कुलो खोल्सा र मुलबाटोबाट नकटाई एकतर्फ रुपमा कात्तिकेको गाउँबस्ती र खेतियोग्य जमिन माथिबाट हाल्दा गत सालदेखिनै क्षति भएको र यो वर्ष पनि क्षति भएको स्थानियले भनेका छन् । बलेफी गाउँपालिका वडा १ का नेकपा अध्यक्ष रामबहादुर खड्का राजेन्द्र कायस्थले नै उक्त भल खेततर्फ तर्काएको दाबी गर्छन् ।

    के भन्छन् सरोकारवालाहरु ?
    यहाँका स्थानियहरुले पनि समस्या समाधानका लागि पटक–पटक हार गुहार मागे । समस्याको समाधान नभएपछि मेगाखबरले पनि यो समस्याको बारेमा गत असार मसान्तको आसपासमै उपाध्यक्ष कमला कायस्थसँग जिज्ञासा राखेको थियो ।

    मेगाखबरसँगको कुराकानीमा उनले आर्थिक वर्ष अन्त्यपछि साउनको पहिलो साता नै समस्याको समाधान गर्नेगरी अघि बढेको बताएकी थिइन् । तर, समस्या समाधान नभएपछि अन्ततः स्थानियहरु वडा कार्यालयमा ताबन्दीसम्मको चरणमा पुगेका हुन् ।

    जिल्ला प्रशासन कार्यालयका प्रमुख उमेश प्रसाद ढकालले यो सम्पूर्ण अधिकार स्थानिय तहमा भएको भन्दै स्थानिय जनप्रतिनिधिसँग समस्या समाधानका लागि पहल गर्ने बताएका थिए । साथै, उनले स्थानिय तहलाई यो समस्याबारे अध्ययन गरेर आवश्यक कारबाहीका लागि पहल गर्नसमेत भनेको छ । 

    118273606_1302624739945545_2038472265081843662_n.jpg

    उपभोक्ता समतिका अध्यक्षसमेत रहेका राजेन्द्र भने आफूले सल्लाहबमोजिम नै भल त्यहाँबाट खसालेको दाबी गर्छन् । 

    उनले भने, ‘अन्त कतै तर्काउन नमिल्ने भएपछि त्यता तर्काइएको हो । मैले वडाध्यक्षसँगै छलफल गरेरमात्र त्यतातर्फ भल तर्काएको हो ।’

    वडा नं १ का अध्यक्ष मधु बहादुर थापा भने गुनासो आएको तर पटक–पटकको प्रयासमा पनि समस्या समाधान गर्न नसकेको बताउँछन् । ‘हामीले पटक–पटक समस्या समाधानका लागि पहल गरेका छौं । दुई–दुई पटक डोजर पठाएर पहल गर्दापनि समस्या समाधान गर्न सकिएन् ।’

    यस्ता छन् स्थानियका मागहरुः
    १) अव्यवस्थित रुपमा हालेको भल पुर्ण रुपमा बन्द गर्नुपर्ने । 
    २) खानेपानीको मुहान संरक्षण गर्नुपर्ने । 
    ३) क्षति भएको जग्गाको क्षतिपुर्ती तथा बनाउन पर्ने । 
    ४) क्षति भएको बालिको क्षतिपुर्ती दिनुपर्ने ।

    नालिको भल सबै खेतमा गएर अन्नबाली नष्ट हुँदा भल रोक्ने प्रयास नगरेको, उपभोक्ता समितिको अध्यक्षलाई भल कटान गरेर खेतबारीमा हाल्दासमेत कारबाही नगरेको, खानेपानीको मुहानमा भल पसेर पानी खान नपाएको आदी स्थानियहरुको अरोप छ ।

    अहिले कात्तिकेमा खेतमाथि नै नादिको पानी खसेपछि अन्नबाली नष्ट त भयो नै, साथसाथै थुप्रिएको गेगे्रेन गएर थुप्रिएपछि पन्छाउनसमेत समस्या परेको छ ।

    118501927_301717711128657_3185918359795844520_n.jpg

    आइतवार, भाद्र १४ २०७७०२:५०:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार