काठमाडौं । बलेफी गाउँपालिका–१, कात्तिकेका स्थानियले आफूहरुको माग पूरा नभई वडा कार्यालयमा लगाइएको ताला नखोल्ने बताएका छन् । पटक–पटक वडा कार्यालय, गाउँपालिका, प्रहरी प्रशासन हुँदै जिल्ला प्रशासन कार्यालय पुग्दापनि आफ्नो समस्या समाधान नभएपछि उनीहरुले १ नम्बर वडा कार्यालयमा ताला लगाएका थिए ।
पीडितहरुले अब आश्वासनले मात्र ताला नखोलिने स्पष्ट पारेका छन् । जलविरे–बनकाली सडकखण्ड बाटो फराकिलो बनाउने क्रममा भल व्यवस्थित हुन नसक्दा उनीहरुको जग्गामा अहिले अन्नबालीको ठाउँमा बालुवाको गेग्रीन थुप्रिएपछि स्थानियहरु आन्दोलित भएका हुन् । आजसम्म कुनै लिखित वा मौखिक सहमति नभएको स्पष्ट पार्दै आश्वासन पूरा हुनुपर्ने उनीहरुको माग छ ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नं १ का अध्यक्षसहितको टोलीले समस्या समाधान गरेर मात्र फर्कने आश्वासन दिएको स्थानिय राम ब खड्का ले बताए । उक्त आश्वासन पूरा नभई आफूहरु ताला खोल्ने कुरामा सहमत हुन नसक्ने उनले बताए । अव्यवस्थित रुपमा बाटो फराकिलो बनाउँदै जाँदा अन्ततः बाली नाली नै नष्ट भएपछि समस्या समाधानका लागि प्रभावितहरु जिल्ला प्रशासन सम्म पुगेका थिए ।
सहमति भयो वा भोलि ताला खुल्छ भन्नेजस्ता अपुष्ट समाचारमा कुनै सत्यता नभएको स्थानिय खड्काको भनाई छ ।
याे पनि:
बलेफी–१ को ६० रोपनी जग्गामा बालुवाको गेग्रीन ! स्थानिय आक्रोशित
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।