बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति

सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति

मेगा खबर संवाददाता

१०, बैशाख २०७८
  • 2.4K
    SHARES

  • सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति

    काठमाण्डौ, कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै बीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् ।

    विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आरोहण क्षेत्र प्रभावित हुने आशंकाकाबीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै तीन सय ९४ जना आरोहीले अनुमति लिएका छन् ।

    वसन्त ऋतुमा सगरमाथा आरोहणका लागियस वर्षको ४२ समूहका तीन सय ९४ जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले मेगा खबरलाई जानकारी दिइन् ।

    अनुमति लिने मध्ये ९० जना महिला छन् । यस अघि सन् २०१९ मा तीन सय ८१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।  सगरमाथा आरोहीबाट यस वर्ष सरकारले ४७ करोड ७७ लाखभन्दा धेरै रोयल्टी संकलन गरेको छ । नेपालका अरु हिमाल आरोहणका लागि पनि उल्लेख्य आरोहीले अनुमति लिएका छन् ।

    अहिलेसम्म १६ वटा हिमालका लागि ७९ समूहका ६ सय ८९ जनाले आरोहण अनुमति लिएका छन् । सन् २०१९ मा सगरमाथा आरोहणका क्रममा अत्याधिक भीड भएर शिखर नजिकै ट्राफिक जाम भएको चर्चा विश्वभर भएको छ । चुचुरो नजिक जाम हुँदा आरोहीको ज्यान जोखिममा पर्ने आलोचना भएपछि यो वर्ष आरोहणका लागि आलोपालो गरेर व्यवस्थापन हुने छ ।

    पर्यटन विभागले सूचना निकालेर सन् २०२१ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्दा अनुमतिपत्र नम्बरका आधारमा आरोहण गर्ने व्यवस्था समेत गरेको छ । सगरमाथाको शिखर सम्म बाटो बनाएपछि पहिलो अनुकूल मौसममा अनुमतिपत्र नम्बर ४० भन्दा तलका आरोही, दोस्रो अनुकूल मौसममा अनुमति नम्बर ४० देखी माथि ७२ भन्दा तलका र त्यसपछि अनुमति नम्बर ७२ भन्दा माथिका आरोहीलाई आरोहणको अनुमति दिने व्यवस्था पर्यटन विभागले गरेको छ ।

    सगरमाथामा एक पटकमा एक सय ७० जना भन्दा बढी सङ्ख्या नबढ्ने गरी आलोपालोको व्यवस्था गरिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

    सगरमाथाको आधारशिविरमा पहिलो पटक सरकारी डाक्टर बसेर आरोही तथा उनीहरुका सहयोगीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन् । यस वर्ष पर्यटन विभागले उपलब्ध गराएका दुई जना डाक्टर र हिमालय रेस्क्यू संघका एक जना डाक्टर गरी तीन जनाले सेवा दिइरहेका निर्देशक आचार्यले बताइन् । उनीहरुले आरोहण मौसम भरि आधार शिविरमा रहेर आरोही तथा उनीहरुका सहयोगीलाई उपचार सेवा दिइनेछन् ।

     

    शुक्रवार, बैशाख १० २०७८०९:०३:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार