काठमाडौं, लाइफ भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंको कपनस्थित प्रगति चोकमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष छविराम आचार्यको अध्यक्षतामा सम्पन्न सभामा बुढानीलकण्ठ नगरपालिका- १२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी थिए । सभामा संस्थाका सेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईले संस्थाको प्रगति विवरण तथा प्रतिवेदनको प्रशंसा गर्दै लाइफ भिजन सहकारी बुढानीलकण्ठ क्षेत्रकै उत्कृष्ट सहकारीका रूपमा स्थापित भएको बताए । प्रतिवेदनको अध्ययनबाट संस्थाको वित्तीय तथा संस्थागत प्रगति सकारात्मक देखिएको उल्लेख गर्दै उनले यसलाई काठमाडौंकै उत्कृष्ट सहकारीमध्ये एकका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे ।
उनले सहकारीको संस्थागत विकास,पारदर्शिता र निरन्तर प्रगतिका लागि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । साधारणसभामा संस्थाको समग्र अवस्था,हालसम्मका गतिविधि तथा आगामी योजनाका विषयमा छलफल भएको थियो । संस्थाका अध्यक्ष आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिवनारायण पौडेलले गरेका थिए
सभामा सहभागी सदस्य तथा अतिथिहरूले संस्थाको आगामी यात्रा थप सफल र उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्दै १७औँ वार्षिक साधारणसभा समापन गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।