मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

२४ घण्टामा ६४३ चालक ट्राफिक प्रहरीको फन्दामा, तीव्र गतिमा चलाउने १०३

२४ घण्टामा ६४३ चालक ट्राफिक प्रहरीको फन्दामा, तीव्र गतिमा चलाउने १०३

मेगा खबर संवाददाता

१२, कार्तिक २०८३
  • 436
    SHARES

  • २४ घण्टामा ६४३ चालक ट्राफिक प्रहरीको फन्दामा, तीव्र गतिमा चलाउने १०३

    काठमाडौँ उपत्यकामा ट्राफिक नियम मिच्ने ६४३ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा तीव्र गतिमा सवारी चलाउने १०३ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने ६८ जना र सिसिटिभी निगरानीबाट पहिचान भएका ४० जना छन् ।

    त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३४ जना,निषेधित क्षेत्रमा हर्न बजाउने नौ जना,एकतर्फी सडकमा नियमविपरीत चलाउने आठ जना र सवारीसाधनको अवस्था ठीक नभएका आठ जना कारबाहीमा परेका छन् । अन्य नियम उल्लङ्घन गर्ने ३७३ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

    ट्राफिक प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको बताए ।

    प्रहरीले तीव्र गति, मापसे र ट्राफिक सङ्केतको बेवास्ता दुर्घटनाका प्रमुख जोखिम भएकाले नियम पालना गर्न सबै सवारीचालकलाई आग्रह गरेको छ ।

    बुधवार, कार्तिक १२ २०८३०९:२४:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार