मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

पहेँलै झुलेको धान,किसानलाई वर्षाकै डर

पहेँलै झुलेको धान,किसानलाई वर्षाकै डर

मेगा खबर संवाददाता

१३, कार्तिक २०८३
  • 370
    SHARES

  • पहेँलै झुलेको धान,किसानलाई वर्षाकै डर

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मा यतिबेला खेतभरि पहेँलै झुलेको धानले गाउँको सुन्दरता बढाएको छ । तर, धान भित्र्याउने बेला भारी वर्षाको सम्भावना देखिएपछि किसान चिन्तित बनेका छन् ।

    कोही किसान पाकेको धान काट्दै छन्,कोही काटेको धान झार्दै छन् भने कोही धान भित्र्याउने तयारीमा छन् । कामदारको अभाव र वर्षाको जोखिमका कारण किसानलाई धान सुरक्षित रूपमा भित्र्याउन सकस परेको छ ।

    किसानका अनुसार गत वर्ष धान कुहिएर क्षति बेहोर्नुपरेको थियो । यस वर्ष पनि धानमा ढुसी लाग्ने समस्या देखिएकाले उत्पादन घट्ने चिन्ता छ । पाकेको धान खेतमै रहेको र काटिसकेको धानसमेत भित्र्याउन नपाउँदा किसान थप तनावमा छन् ।
    धान भित्र्याउने समयमा मौसम प्रतिकूल बनेपछि यस वर्षको उत्पादन र आम्दानीमा असर पर्ने हो कि भन्ने चिन्ताले किसानलाई सताएको छ ।

     

    बिहिवार, कार्तिक १३ २०८३०१:५५:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार