सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल हिमशृंखलामा नयाँ आरोहण इतिहास बनेको छ । ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलो पटक तीन स्पेनी पर्वतारोहीले सफल आरोहण गरेका छन् ।
शनिबार स्पेनका मिकेल जाबाल्जा,मिकेल साएज र रुबेन पेरेजले हिमालको चुचुरोमा पाइला टेकेका हुन् । ड्रिम क्यारियर ट्रेक्स एन्ड एक्सपिडिसनमार्फत आरोहणमा गएका उनीहरू सफल आरोहणपछि दिपु गाउँ फर्किएका छन् ।
कठिन भूगोल र चुनौतीपूर्ण आरोहण मार्गका कारण यसअघि कसैले सफलता पाउन नसकेको जुगल–२ मा भएको यो आरोहणले हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
यसैबीच, जुगल गाउँपालिकाले हिमाली पर्यटन प्रवर्द्धनका लागि ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत जुगल हिमशृंखलाका तीन चुचुरो आरोहण गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि तीन समूहका ११ जना आरोही आधारशिविर पुगेका छन् भने जुगल–३ को आरोहण तयारीसमेत भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।