काठमाडौं । चिनियाँ वैज्ञानिकले नयाँ भाइरस (फ्लु -रुघा ) फेला पारेका छन्। सुँगुरमा पाइएको उक्त फ्लू एकदेखि अर्को मानिसमा सजिलै सर्न सक्ने भएकोले विश्वभर महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । सुँगर उद्योगमा काम गर्ने केही व्यक्ति यस भाइरसबाट संक्रमित भएको पाइएको छ । उनीहरुलाई निगरमनीमा राखि उपचार गरिदैंछ ।
वैज्ञानीक भन्छन्, ‘यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने सबै गुणहरु रहेका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको छ । यो नयाँ भाइरस भएकाले यस भाइरसप्रति मानिसमा निकै कम प्रतिरोधी क्षमता हुन सक्ने वैज्ञानिकले बताएका छन् । संसार कोरोना भाइरसबाट आक्रान्त भइरहेका बेला चिनियाँ शीर्ष वैज्ञानिकहरु नयाँ फ्लूका विषयमा चिन्तित बनेका हुन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।