बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपा नेता माधब सापकोटाको प्रमुख आतिथ्यतामा जुगल गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण

नेकपा नेता माधब सापकोटाको प्रमुख आतिथ्यतामा जुगल गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण

मेगा खबर संवाददाता

१५, आषाढ २०७७
  • 7.1K
    SHARES

  • नेकपा नेता माधब सापकोटाको प्रमुख आतिथ्यतामा जुगल गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण

    सिन्धुपाल्चोक जुगल गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि राष्ट्रिय युवा संघ जुगल गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी जुगल गाउँपालिकाको सयुक्त पहलमा संकलित सहयोग रकम ५ लाख १ हजार दुई सय पाँच रुपैया आज एक कार्यक्रमबिच जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

    नेकपा केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सहइन्चार्ज माधब सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपा जुगलका अध्यक्ष पदम श्रेष्ठ, नेकपा जिल्ला सदस्य कृष्ण घिमिरे, उपाध्यक्ष सृजना तामाङ, अनेरास्ववियु केन्द्रिय सदस्य रन्जित आचार्य, राष्ट्रिय युवा संघका जिल्ला सदस्यहरु देबेन्द्र शाक्य, सोहन सुनुवार, फुलकाजी स्याङ्बो, आकाश लामा लगायत अतिथिहरुको उपस्थिति रहेको राष्ट्रिय युवा संघ जुगलका संयोजक फुलकाजी स्याङ्बोले जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथी माधब सापकोटा सुबोधले सहयोग रकम हस्तान्तरण गर्नुहुदै युवाहरुको यो प्रयास सह्रानिय रहेको धारणा ब्यक्त गर्नुभयो ।

    सोमवार, आषाढ १५ २०७७०६:३७:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार