कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा सर्पले डसेर बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १२ कालागौंडीका ५ वर्षीया पुनम बोहरालाई सर्पले डसेको हो ।
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको सोमबार मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिनुभयो । शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले बालिकालाई डसेपछि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको थियो । केन्द्रमा उपचार हुन नसकेपछिअस्पतालमा पुर्याइएको उहाँले बताउनुभयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।