बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बुहारीको हत्या गर्ने परिवारकै चार जना पक्राउ

बुहारीको हत्या गर्ने परिवारकै चार जना पक्राउ

मेगा खबर संवाददाता

१५, आषाढ २०७७
  • 2.7K
    SHARES

  • बुहारीको हत्या गर्ने परिवारकै चार जना पक्राउ

    टौंडा । बुहारीको हत्या गरेको आरोपमा प्रहरीले परिवारकै चार जनालाई पक्राउ गरेको छ । असार २ गते हेटौंडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

    ६ महिनाअघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको पाँचलाखमा विवाद, ससुराले गरेको बलात्कार प्रयासको घटना बाहिरिने डर लगायतले उनको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

    सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले हानेर हत्या गरेको प्रहरीले दाबी गरेको छ । पक्राउ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि हत्यामा संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सोमवार, आषाढ १५ २०७७०४:१६:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार