दार्चुला । नौगाड गाउँपालिका–४ होपरीमा जलविद्युतको नहर भत्किएर पहिरो जाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । घरमाथिको नहर भत्किएर पहिरो जाँदा आइतबार राति एकै परिवारका बाबुछोराकै मृत्यु भएको हो ।
मृत्यु हुनेमा २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महता रहेका छन् । पहिरोमा परेर चन्द्र सिंहकी पत्नी चनमति महाता गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । महताका साथै पहिरोले उक्त स्थानका अन्य तीन घर पनि पूर्ण रुपमा क्षति भएका छन् । उक्त क्षेत्रमा प्रहरी खटिएको बताइएको छ ।
पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान