बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्टार अस्पतालमा उपचाररत २९ वर्षीय युवकको मृत्यु, , कोरोना संक्रमण पुष्टि

स्टार अस्पतालमा उपचाररत २९ वर्षीय युवकको मृत्यु, , कोरोना संक्रमण पुष्टि

मेगा खबर संवाददाता

१५, आषाढ २०७७
  • 1.6K
    SHARES

  • स्टार अस्पतालमा उपचाररत २९ वर्षीय युवकको मृत्यु, , कोरोना संक्रमण पुष्टि

    ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा उपचाररत एक जनाको मृत्यु भएको छ।

    भेन्टिलेटरमा राखेर उपचार भइरहेका रौतहटका २९ वर्षीय पुरूषको शनिबार राति आठ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

    ‘सास फेर्न समस्या भएर उहाँ शनिबार दिउँसो ४ बजे अस्पतालमा आउनु भएको थियो। हामीले कोरोनाको शंका गरेर भेन्टिलेटरमा उपचार गरिरहेका थियौं। स्वाब निकालेर पिसिआर परीक्षण गर्न पठाएका थियौं,’ अस्पतालको कोरोना रेस्पोन्स टिमका प्रमुख डाक्टर अनिल पोखरेलले ‘शनिबार साँझ नै उहाँको मृत्यु भएको थियो। हिजो आएको पिसिआर रिपोर्टमा उहाँलाई कोरोना संक्रमण देखियो।’

    मृतक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अब नेपाली सेनाले उनको अन्तिम संस्कार गर्न लैजाने तयारी भएको डाक्टर पोखरेलले जानकारी दिए।

    रौतहटका ती युवामा पहिलादेखि नै छातीको समस्या थियो। केही दिनयता सास फेर्न समस्या भएपछि उनी एम्बुलेन्समा रौतहटबाट काठमाडौं आएका थिए।

    योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ।

    सोमवार, आषाढ १५ २०७७१२:२१:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार