काठमाडौं, भृकुटीमण्डपमा शुक्रबार सिटिइभिटी तालिम लिनेको भिड लागेको छ ।
शिक्षा तथा प्रविधि मन्त्रालयको व्यावसयिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रोले तालिमका लागि फारम खुलाएपछि भीड लागेको हो ।
परियोजनाका अनुसार अफसिजन भेजिटेवल प्रोड्युसर,असिस्टेन्ट वेटर,कमि,इलेक्ट्रोनिकल एपालाइन्स रिपियर,टेलरिङ लगायतको तालिम खोलिएको छ । बालबालिका समेत बोकेर महिलाहरु फारम भर्न आएका छन् ।
लाइनमा बसेका मनिसा सुनुवारले कृषि तालिमको लागि फारम भर्न आएको बताइन् । त्यस्तै,फर्पिङबाट फारम भर्न आएका रबिना रानामगरले मन्टेश्वरी तालिम लिनका लागि फाराम भर्न आएका सुनाइन् ।
फारामको लागि १० बजेदेखि लाईनमा बस्दै आएको छु,’उनले भनिन,‘धेरै भीडभाड छ कहिले पालो आउला र भरेर जाऊँ भनी लाइनमा बसिरहेको छु ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।