बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मकवानपुरमा तरकारी बोकेको ट्रक खोलामा खस्यो, एक जनाको मृत्यु

मकवानपुरमा तरकारी बोकेको ट्रक खोलामा खस्यो, एक जनाको मृत्यु

मेगा खबर संवाददाता

२०, श्रावण २०८३
  • 580
    SHARES

  • मकवानपुरमा तरकारी बोकेको ट्रक खोलामा खस्यो, एक जनाको मृत्यु

    काठमाडौं, मकवानपुरको भीमफेँदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

    बुधबार बिहान करिब २:३० बजे वीरगन्जबाट तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ट्रक बाक्लो हुस्सु र ओरालो सडकका कारण चिप्लिएर करिब १०० मिटर तल चण्डी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    दुर्घटनामा ट्रक चालक राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ ।

    ट्रकमा सवार उनका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए । उद्धारपछि उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा बिहान ९:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

    दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    बुधवार, श्रावण २० २०८३१२:५६:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार