काठमाडौं, भूमि प्रशासन कार्यालय,चाबहिलले जग्गा नामसारीसँग सम्बन्धित विषयमा ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
कार्यालयले गोरखापत्र दैनिकमार्फत प्रकाशित सूचनामा सम्बन्धित जग्गामा कसैको हकदाबी, दाबी–विरोध वा कानुनी आपत्ति भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रमाणसहित कार्यालयमा उपस्थित भई निवेदन पेश गर्न आग्रह गरेको छ ।
सूचनाअनुसार काठमाडौं महानगरपालिका–४ र ११ अन्तर्गत रहेका केही कित्ता जग्गाको नामसारी प्रक्रिया अघि बढाइएको हो। सम्बन्धित जग्गा स्वर्गीय वीरबहादुर श्रेष्ठको नाममा दर्ता रहेको उल्लेख गर्दै निवेदकले कानुनबमोजिम आफ्नो नाममा नामसारी गर्न माग गरेका छन् ।
कार्यालयले तोकिएको अवधिभित्र कुनै दाबी,विरोध वा उजुरी प्राप्त नभए प्रचलित कानुनबमोजिम आवश्यक निर्णय तथा नामसारी प्रक्रिया अघि बढाइने जनाएको छ ।
भूमि प्रशासन कार्यालयले सूचना सम्बन्धित सबै सरोकारवालालाई जानकारीका लागि प्रकाशित गरिएको जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।