सिन्धुपाल्चोक जिल्लाको निर्माणाधिन मध्य भोटेकोशी जलविद्युत आयोजना (१०२ मेगावाट) मा काम गर्ने एक जना मजदुर भोटेकोशीको ड्यामसाईडमा काम गर्ने शीलसीलामा बेपत्ता भएका छन ।
भोटेकाशी गाउँपालीका ४ का ४० वर्षे राम बहादुर मगर आज बिहान ९ बजे भोटेकोशीको ड्यामसाईडमा काम गर्ने शिलसिलामा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले मेगा खबरलाई जानकारी दिएका छन् ।
मध्य भोटेकोशी आयोजनाका कर्मचारी दिपक श्रेष्ठले जानकारी दिए अनुसार उनी विगत ७ महिना देखी ग्वाग्छी हाइड्रोपावर चाकू मार्फत आयोजनामा काम गर्दै आएका थिए ।
बेपत्ता मजदुरको प्रहरी र स्थानीयबाट निरन्तर खोजि कार्य भइरहेको भोटेकोशी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष सागर्देजे शेर्पाले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।