बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

थप ४६३ जनामा संक्रमण, निको हुनेको संख्या ३ हजार नाघ्यो

थप ४६३ जनामा संक्रमण, निको हुनेको संख्या ३ हजार नाघ्यो

मेगा खबर संवाददाता

१४, आषाढ २०७७
  • 1.3K
    SHARES

  • थप ४६३ जनामा संक्रमण, निको हुनेको संख्या ३ हजार नाघ्यो

    आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा गरी थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७७२ पुगेको छ।

    यसैगरी कोरोना निको हुनेको संख्या ३ हजार नाघेको छ । बितेको २४ घण्टामा १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको संख्या ३ हजार १३ पुगेको उनले बताए ।

    आइतवार, आषाढ १४ २०७७०४:३६:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार