वीरगञ्जबाट आइतबार थप २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। नारायणी अस्पताल मातहत रहेको अस्थायी विशेष कोभिड अस्पताल गण्डकबाट २१ जना संक्रमित निको भएर डिस्चार्ज भएको अस्पतालका को–ओर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
संक्रमित भई उपचार गराइरहेका उनीहरुको लागातार दुई वटा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकोले अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको सिंहले बताए। निको भएर घर फर्किनेमा तीन जना महिला र १८ जना पुरुषहरु रहेको उनले जानकारी दिए।
कोरोनालाई जितेर घर फर्किनेहरुमा पर्साको बिन्दबासिनी गाउँपालिकाका १० जना,पटेर्वा सुगौली गाउँपालिकाका दुई,पोखरिया नगरपालिकाका पाँच, पर्सागढी नगरपालिकाका जिराभवानी गाउँपालिका, सखुवा प्रसौनी र धोबिनीका एकरएक जना रहेका छन्।
आइतबार अस्पतालबाट २१ जना डिस्चार्ज भएसँगै अब कोरोना विशेष अस्थायी गण्डक अस्पतालमा ६ जना मात्रै कोरोना संक्रमितहरुको उपचार भइरहेको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।