प्रदेश नम्बर ५ मा लकडाउन अवधीमा तीन सय ९३ जनाले आत्महत्या गरेका छन् । चैत ११ गतेदेखि जेठ मसान्तसम्ममा प्रदेश ५ मा एक सय ४४ जना कृषकसहित तीन सय ९३ जनाले आत्महत्या गरेका हुन् ।
प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा दैनिक ४ जना भन्दाबढीले आत्महत्या गरेको पाइएको छ । आत्महत्या गर्नेमा सबै भन्दाबढी कृषकको संख्या रहेको दाङका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।
यस अवधिमा एक सय ४४ जना कृषक, ४५ जना मजदुर, ज्यामी, ४३ जना गृहिणी, ३० जना बेरोजगार, २९ जना विद्यार्थी, ६ जना वैदेशिक रोजगारीका, ४ जना व्यापारी, २ जना सवारी चालक र सहचालक, एक जना राजनीतिज्ञ र बाँकि अन्य रहेको प्रहरीको तथ्याङ्क छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।