बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटकीय क्षेत्र नगरकोटमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल

नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटकीय क्षेत्र नगरकोटमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल

मेगा खबर संवाददाता

३१, चैत्र २०७७
  • 2.4K
    SHARES

  • नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटकीय क्षेत्र नगरकोटमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल

    नगरकोट, नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र नगरकोटमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल रहेको छ ।

     नगरकोटमा तारेदेखि साना गरेर ६७ वटा होटल सञ्चालनमा रहेका छन् भने यि होटलमा कार्यरत रहेका १ हजार ३ सय जना कर्मचारी र श्रमिकहरुको काम गर्दै आइरहेका छन् । कोरोनाको त्रास केही देखिए पनि होटलहरूमा पर्यटकको बुकिङ राम्रो भएको होटल व्यवसायी राम लामिछानेले मेगा खबरलाई जानकारी दिए  । 

    स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्दै नगरकोटका होटल पाहुनाको स्वागतमा जुटिसकेका छन् । होटलमा बस्ने आउनेहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन हरेक होटलले मुख्य प्रवेशद्वारमा नै सेनिटाइजरको व्यवस्था गरेका छन् । 
    होटल क्लब हिमालयका ज्ञानु वाइवाले होटल पूर्ण बुकिङ भएको बताए ।

    उनले भने ‘हामीले पाहुनाहरूलाई रोजाई अनुसारको प्याकेज उपलब्ध गराएका छौं ।

    उनका अनुसार होटलले १५, १६, १८ हजार रुपैयाँको प्याकेज जोडीलाई राखेको छ । होटलले खाना, नास्ता, सांगीतिक कार्यक्रम त्यसमा समेटेको छ ।  होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेका अनुसार सोधखोज र जानकारी लिने धेरै भएका र बुकिङ मध्ययम रहेको छ ।

    उनको होटलले ४५ सयदेखि ६ हजार सम्मको प्याकेज बनाएको छ । जसमा पाहुनाले आफ्नो रुचिअनुसारको कोठामा बस्न सक्नेछ । यता तारे स्तरको होटल मिस्टीक माउण्टेनका म्यानेजर धिरज तामाङले पनि होटल पूर्ण बुुकिङ्ग भएको जानकारी दिएका छन् । यस होटलले पनि जोडीलाई १७ हजारको प्याकेज समेत उपलब्ध गराएको छ । 

     

    मंगलवार, चैत्र ३१ २०७७०५:४७:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार