बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्यानिटाइजर पिउँदा ३ जनाको मृत्यु

स्यानिटाइजर पिउँदा ३ जनाको मृत्यु

मेगा खबर संवाददाता

१४, आषाढ २०७७
  • 1.8K
    SHARES

  • स्यानिटाइजर पिउँदा ३ जनाको मृत्यु

    काठमाडौं । हाल विश्व कोरोना भाइरसबाट आक्रान्त बनिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट विश्वका लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् । यसबाट बच्न मानिसहरुले अनेकौं उपाय पनि लगाइरहेका छन् । कोरोनाको संक्रमणको सम्भावित जोखिम कम गर्न साबुनपानीले हात धोइरहने, स्यानिटाइजरको प्रयोग गर्ने गरिन्छ ।

    अमेरिकाको न्यू मेक्सिको राज्यमा साेही  स्यानिटाइजर पिउँदा तीन जनाले ज्यान गुमाएका छन् । हातमा प्रयोग गरिने स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जनाले आँखाको दृष्टि गुमाएका छन् ।

    स्यानिटाइजरमा प्रयोग हुने मेथानेल केमिकलले गर्दा यो पिउँदा यसले दिमागमा असर गर्ने, दृष्टिमा असर गर्नुको साथै मिर्गौलामा समेत असर गर्ने बताइएको छ । मृतकको बारे विस्तृत विवरण आइसकेको छैन् ।

    आइतवार, आषाढ १४ २०७७०१:०३:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार