बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उपत्यकाको मुख्य सडकमा खानाको आशामा डुवुल्कि मार्दै दिनदुःखी अन्जानहरु

उपत्यकाको मुख्य सडकमा खानाको आशामा डुवुल्कि मार्दै दिनदुःखी अन्जानहरु

मेगा खबर संवाददाता

१३, आषाढ २०७७
  • 3.8K
    SHARES

  • उपत्यकाको मुख्य सडकमा खानाको आशामा डुवुल्कि मार्दै दिनदुःखी अन्जानहरु

     राजधानीको मुख्य सडक लगायत गल्लीमा विपन्न तथा दैनिक ज्यालादारी गरि जीविकापार्जन गर्दै आएका आमसर्वसाधरण नागरिक खाद्यान्नको अभावमा लम्पसार नै पर्नुप¥यो र उक्त दृश्य अझै पनि कायम नै देखिन्छ । उनीहरु दैनिक रुपमा अन्जान नचिनेको समाजीक अभियान्ताले उपलब्ध गराएको खाना खाएर बाच्न विवस छन् । उनीहरु यतिमात्र अन्यौल छन्, की भोलि खाना आउछकी आउदैन, खान पाईन्छकी पाइदैन भन्ने कुराको । उनीहरु कोरोनाको जोखिममा त उतिकै रुमलिनै रहेका छन् तर खानाको अभावमा मर्नुपर्ने पो होकी भन्ने उनीहरुमा ठूलो पिर छ । राज्यले न त ति विपन्न सडकमा भिख माग्न बाध्य उनीहरुलाई एक चिजको नै व्यवस्था गरेको छ । उनीहरु खनिएको गहिरो बंकर झै आखामा निन्याउरो अनुहारमा महिलन स्वरले भिख मागिरहेका छन भने कतिको भिख माग्ने आवाज नै बन्द हुने अवस्थामा छ । कतिको त ज्यान नै गएको होला । त्यसको आंकलन कसले गर्ने राज्य यसमा बेखबर नै बनेको छ । केहि समयअघि मात्र एक भरियाको किर्तिपुरमा खानाको अभावमा सडक पेटिमै ज्यान गयो । उनको हातमा मृत शरिर भएपनि नाम्लो थियो । ति नाम्लोले कति परिवार पालिरहेका थिए विचरा उनले । उनको परिवार कहाँ के खादै छन् या उनी जस्तै मर्ने तरखरमा पो छनकी ? ति विषयमा कसले ध्यान दिने । आज उनी जस्ता ज्यान गुमाउने धेरै पौरखी ज्यानहरु नगण्य छन् ।

    received_314864849907909.jpeg received_268743947884326.jpeg

    शनिवार, आषाढ १३ २०७७०९:२३:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार