बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने

ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने

मेगा खबर संवाददाता

२८, चैत्र २०७७
  • 2.0K
    SHARES

  • ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने

    काठमाण्डाै, महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने भएको छ ।

    अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी शुरु गरिएकामा हिजोदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ ।

    ट्राफिक महाशाखाले जरिवाना रकम सम्बन्धित व्यक्तिको बैँक खाता मार्फत भुक्तान हुने गरी सफ्टवेयर प्रणालीको विकास गरेको महाशाखाले जनाएको छ । यसले गाडी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य भएको महाशाखाका वरिष्ठ प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले मेगा खबरलाई जानकारी दिए ।

    हिजोदेखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने भएको छ ।

    शनिवार, चैत्र २८ २०७७११:३६:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार