मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

अब नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट लिन सकिने

अब नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट लिन सकिने

मेगा खबर संवाददाता

१२, कार्तिक २०८३
  • 379
    SHARES

  • अब नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट लिन सकिने

    काठमाडौं, अब नागरिकताको प्रतिलिपि लिन नागरिकता जारी भएकै जिल्लामा पुग्नुपर्ने बाध्यता हटेको छ । नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली,२०८३ अनुसार नागरिकले देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् ।

    नागरिकताको प्रमाणपत्र हराएमा,जलेर वा भिजेर नष्ट भएमा,च्यातिएमा वा अन्य कारणले प्रतिलिपि आवश्यक परेमा यो व्यवस्था लागू हुनेछ ।

    काठमाडौं उपत्यकामा सेवाग्राहीको चाप व्यवस्थापन गर्न तीन जिल्ला प्रशासन कार्यालयबाट प्रदेशगत रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको छ ।

    जसअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती,गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा लिन सक्नेछन् । ललितपुरबाट कर्णाली र सुदूरपश्चिम तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकले सेवा पाउनेछन् ।

    सम्बन्धित सूचना प्रणालीमा रहेका अभिलेख र जैविक विवरण मिलेको अवस्थामा प्रतिलिपि सहजै जारी गरिनेछ । तर, अभिलेख नमिलेमा,नाम,थर वा जन्ममितिलगायतका विवरण सच्याउनुपर्ने भएमा वा आवेदन शङ्कास्पद देखिएमा भने नागरिकता जारी भएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्नेछ ।

    गृह मन्त्रालयको परिपत्रअनुसार लागू गरिएको यस व्यवस्थाले नागरिकताको प्रतिलिपि लिन टाढाको जिल्ला धाउनुपर्ने बाध्यता कम गर्नुका साथै सेवा प्रवाहलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

    null

    बुधवार, कार्तिक १२ २०८३१०:०१:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार