बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गुल्मीका १२ जना कोरोना संक्रमित डिस्चार्ज

गुल्मीका १२ जना कोरोना संक्रमित डिस्चार्ज

मेगा खबर संवाददाता

१३, आषाढ २०७७
  • 3.8K
    SHARES

  • गुल्मीका १२ जना कोरोना संक्रमित डिस्चार्ज

    गुल्मी । गुल्मीका १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको इस्मा गाउँपालिकाका १० जना र मालिका गाउँपालिकाका २ जना डिस्चार्ज भएका हुन् ।

    इस्मा गाउँपालिकामा १ जना महिला र ९ जना पुरुष डिस्चार्ज भएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् । संक्रमितहरुको २ पटक पीसीआर जाँचबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको उपाध्यक्ष खत्रीले बताइन् ।

    उनीहरु भारतबाट आएर गाउँपालिकाको वडा नम्बर–५ को कुमारी निमाबिमा बनाइएको आइसोलेसनमा बसेका थिए । उनीहरु भारतबाट आएर ३५ दिनसम्म आइसोलेसनमा बसेका थिए। अध्यावधिक विवरण अनुसार इस्मा गाउँपालिकामा हालसम्म ५७ जना कोरोना संक्रमित छन् ।

    त्यस्तै मालिका गाउँपालिकाका २ जना कोरोना संक्रमित पुरुषहरु पनि डिस्चार्ज भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । संक्रमितहरुमा १४ दिनसम्म कुनैपनि लक्षण नदेखिएकाले घर पठाइएको गिरीले बताए । गिरीका अनुसार उनीहरु कोरोना मुक्त भए/नभएको जाँच गरिएको छैन ।अद्यावधिक विवरणअनुसार मालिका गाउँपालिकामा २१ जना कोरोना संक्रमित छन् ।

    शनिवार, आषाढ १३ २०७७१०:४८:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार