बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

युएईबाट स्वदेश फर्किए थप १४६ जना नेपाली

युएईबाट स्वदेश फर्किए थप १४६ जना नेपाली

मेगा खबर संवाददाता

१३, आषाढ २०७७
  • 1.9K
    SHARES

  • युएईबाट स्वदेश फर्किए थप १४६ जना नेपाली

    युएई – कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका थप एक सय ४६ जना नेपाली आज नेपाल फर्किएका छन्।

    नेपाल एयरलाइन्सको उडान नम्बर आर– ए २२९२ मार्फत  युएईको दुबई बिमानस्थलबाट आज बिहान एक सय ४६ जना स्वदेश फर्किएका हुन्।आज फर्कनेहरुमा फ्लेक्स फेसेलिटी म्यानेजमेन्ट्का १ सय २० जना, सिटीमेड फेसेलिटी म्यानेजमेन्ट्को १० जना, इमिरेट्स क्यावको ६ जना, २ जना गर्भवती र ५ जना बिमारी र ३ जना भिसिट भिषामा विचल्लीमा परेकाहरु हुन्। उनीहरु दूतावासको प्राथमिकतामा परेका पीडितहरु हुन्।

    उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। उनीहरुलाई विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो। उनीहरुको सहजीकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका श्रम सहचारी मोतिराम भुसाल, श्रम काउन्सिलर निर्मला थापा, जनसंपर्क अधिकृत इरफान आलम र सहदेव गिरी दुबई विमानस्थल पुगेका थिए।

    साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उप संयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा र कोषाध्यक्ष विकास शाही पनि विमानस्थल पुगेका थिए।

    शनिवार, आषाढ १३ २०७७१०:२६:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार