बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुली अस्पतालको आइसोलेसनमा उपचारत महिलाको मृत्यु

सिन्धुली अस्पतालको आइसोलेसनमा उपचारत महिलाको मृत्यु

मेगा खबर संवाददाता

१२, आषाढ २०७७
  • 2.8K
    SHARES

  • सिन्धुली अस्पतालको आइसोलेसनमा उपचारत महिलाको मृत्यु
    सिन्धुली अस्पतालमा एक महिलाको आइसोलेसनमा मृत्यु भएको छ।

    शुक्रबार बिहान चार बजे महोत्तरी बर्दिबास नगरपालिकास्थित पाटु घर भई सिन्धुली घ्याङलेख गाउँपालिका-१ बस्दै आएकी २१ वर्षीया महिलाको मृत्यु भएको हो।

    ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि बिहीबार दिउँसो ती महिलाका परिवारले जिल्ला अस्पताल सिन्धुलीको आइसोलेसनमा भर्ना गराएका थिए।

    ती महिला गत असार ४ गते पाटुबाट घ्याङलेखस्थित माइती आएकी थिइन्।

    'ती महिला गत असार ४ गते माइती आएकी थिइन्। पहिले आउँदा ज्वरो आएको थिएन,'वडा नम्बर १ का वडाध्यक्ष रामकाजी वाइबाले भने,'९ गतेदेखि घाँटी दुख्ने र ज्वरो आएर बिरामी भएछ। बिहीबार अस्पतालमा लगेका थिए।'

    उनको कोरोना भाइरसको परीक्षण गर्नको लागि स्वाब समेत संकलन गरिसकेको वडाध्यक्ष वाइबाले जानकारी दिए।

    'जिल्ला अस्पतालबाट उनको स्वाब झिकेर परीक्षणको लागि हेटौंडास्थित प्रयोगशालामा पठाइसकेको छ,'उनले भने,'परीक्षणको रिपोर्ट आउन बाँकी छ। लक्षण हेर्दा कोरोना हो कि भन्ने आशंका गरिएको छ।'

    ती महिलाको शव अहिले सिन्धुली अस्पतालमै राखिएको उनले जानकारी दिए।

    साथै, ती महिलाको दाहसंस्कार रिपोर्ट आउन अघि नै गर्ने बताइएको छ।

    'रिपोर्ट आउनअघि नै दाहसंस्कार गर्ने भन्ने कुरा छ। ती महिलसँग घुलमिल भएका मिलेर दाहसंस्कार गर्ने भनिएको छ,'वडाध्यक्षले भने।

    शुक्रवार, आषाढ १२ २०७७०३:४५:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार