बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कृषि फर्मलाई ६१ लाखकाे मेशिनरी औजार हस्तान्तरण

कृषि फर्मलाई ६१ लाखकाे मेशिनरी औजार हस्तान्तरण

मेगा खबर संवाददाता

१२, आषाढ २०७७
  • 2.5K
    SHARES

  • कृषि फर्मलाई ६१ लाखकाे मेशिनरी औजार हस्तान्तरण

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले कष्टम हाईरिङ्ग सेन्टर स्थापनाका लागि मेशिनरी औजार हस्तान्तरण गरेको छ । परियोजनामा सुचिकृत किसानलाई ५० प्रतिशत अनुदानमा ५ वटा ट्याक्टर तथा मेसिनरी औजार वितरण गरेको हो ।

    आर्थिक २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सहकारी समशूह, कृषक समूह तथा कृषि फर्मलाई ६१ लाख रुपैयाँ बराबरका ट्याक्टर तथा मेसिनरी औजार वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जानकारी दिएको छ ।

    कालिका नगरपालिकामा रहेको कुमार केरा बगान, रत्ननगर नगरपालिकामा रहेको सफल केरा फर्म, साना किसान कृषि सहकारी बछ्यौली, ग्रीन भ्याली एग्रिकल्चर फर्म र रेग्मी तरकारी फर्म भरतपुरलाई ट्याक्टर वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिनुभयो ।

    कार्यालयले वितरवण गरेको ट्याक्टर तथा मेसिनरी औजारबाट जिल्लाका १ हजार भन्दा बढी किसान लाभान्वित हुने अनुमान गरिएको बताइएकाे छ । कम्तिमा ७० बिगाहासम्म खेति गर्ने कृषक समूह, सहकारी तथा फर्महरुलाई ट्याक्टर तथा मेसिनरी औजार वितरण गरिएको परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले जानकारी दिनुभयो।

    शुक्रवार, आषाढ १२ २०७७०३:३०:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार