अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले दुई करोड बढी अमेरिकी कोरोनाद्वारा संक्रमित भएको हुनसक्ने आशंका जनाएको छ । सीडीसीका निर्देशक डा.रोबर्ट रेडफिल्डले मिडियासँगको कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन् ।
सिडिसीले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएका संक्रमितको संख्या भन्दा १० गुणा बढी हुन सक्ने जनाएको छ । अमेरिकामा यो महामारीले युवावर्गलाई सर्वाधिक प्रभावित पारिरहेको छ ।
सिडिसीका संक्रामक रोग विशेषज्ञ डा. जय बटलरका अनुसार युवा संक्रमित हुनुको सबैभन्दा मुख्य कारण ज्येष्ठ नागरिकले झैं युवावर्गले सावधानी अपनाउँदैनन् ।
अमेरिकी सीडीसीले युवामा यसबारे जागरुकता बढाउनका लागि टिकटकजस्तो सोसल मिडिया प्लेटफर्मको प्रयोग गर्नेबारे विचार गरिरहेको जानकारी दिएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।