काठमाडौं,कोरोना माहामारि पछि पहिलो पटक विदेशी पर्यटक आगमनमा आशालाग्दो सुधार देखिएइको छ ।
अध्यागमन विभागको तथ्यांक अनुसार गत मार्चमा मात्र १४ हजार ९ सय ७७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन गत वर्षको चैत यताकै सबैभन्दा धेरै छ ।
हिउँदे सिजन अर्थात् हिमाल आरोहणको सिजनकै कारण पनि पछिल्लो समय पर्यटन आगमन बढेको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार सन् २०२१ को हिउँदे सिजन मार्च २ देखि अप्रिल ६ सम्ममा ३०३ जना आरोहीले विभागबाट हिमाल आरोहणको स्वीकृति लिएका हुन् ।
कुल ३७ टिममा आएका उनीहरुले विभिन्न समयमा विभिन्न हिमाल आरोहणको स्वीकृति लिएको विभागले जनाइएको छ । यसबाट मार्चमा मात्र कुल २३ करोड ६३ लाख १ हजार ६९९ रुपैयाँ अर्थात् २ लाख २६ हजार ३ सय अमेरिकी डलर राजस्व संकलन भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।