बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न महासङ्घको आग्रह’

‘सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न महासङ्घको आग्रह’

मेगा खबर संवाददाता

१२, आषाढ २०७७
  • 2.7K
    SHARES

  • ‘सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न महासङ्घको आग्रह’

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ ।

    महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेकोले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

    “सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासङ्घले घोर भत्र्सना गर्दछ,” जारी विज्ञप्तीमा भनिएको छ ।

    महासङ्घले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोभिड–१९ को जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ ।

    विज्ञप्तिमा सार्वजनिक सवारी साधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको संभावित जोखिमको जिम्मेवारी महासङ्घले नलिने समेत जनाइएको छ ।

    शुक्रवार, आषाढ १२ २०७७०१:४८:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार