काठमाडौं । बाग्लुङमा ठूलो परिणामको लागूऔषधसहित वडा अध्यक्ष पक्राउ परेका छन्। चरेस बनाउने सामाग्री सहित जिल्लाको निसीखोला गाउँपालिका ६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती पक्राउ परेका हुन् । घर्तीसहितका मानिसले एक क्विन्टल भन्दा धेरै लागुऔषध बिक्रीका लागि लैजादै गर्दा साेही गाउँपालिकाकाे वडा नं ५ बाट पक्राउ परेका हुन्।
शुक्रवार बिहानै उनीहरुले बेच्न लागेको लागूऔषध के हो भन्ने अहिले सम्म खुलेको छैन्। इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको गस्ती टोलीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको छ । पक्राउ परेका घर्ती नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।