बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एलजी कर्पोरेसनले आफ्नो मोबाइल व्यवसाय बन्द

एलजी कर्पोरेसनले आफ्नो मोबाइल व्यवसाय बन्द

मेगा खबर संवाददाता

२३, चैत्र २०७७
  • 1.6K
    SHARES

  • एलजी कर्पोरेसनले आफ्नो मोबाइल व्यवसाय बन्द

    काठमाडौं, दक्षिण कोरियाली कम्पनी एलजी कर्पोरेसनले आफ्नो मोबाइल व्यवसाय बन्द गरेको छ ।

    सोमबार कम्पनीले एक वक्तव्य जारी गर्दै निर्देशक समितिले मोबाइल व्यवसाय बन्द गर्ने निर्णयलाई स्वीकृत गरेको बताएको छ कम्पनीले अब, विद्युतीय गाडी उपकरण, स्मार्ट हामे, रोबटिक्स, आर्टिफिसियल इन्टेलीजेन्सी लगायतका क्षेत्रमा बढी केन्द्रित हुने जनाएको छ । 

    सन् २००९ देखि स्मार्टफोनको उत्पादन पनि थालेको कम्पनीले खासै बजार लिन सकेको थिएन । सन् २०१५ देखि स्मार्टफोन व्यवसायको खर्च धान्ने अवस्था समेत नहुन थालेपछि अहिले आएर कम्पनीले मोबाइल व्यवसाय नै बन्द गरेको हो ।

    यस अघि एलजीका मोबाइल प्रयोग गरिरहेका प्रयोगकर्ताहरूलाई केही समयसम्म सेवा र सफ्टवेयर अपडेट लगायतको सुविधा भने जारी राख्ने छ ।

     

    सोमवार, चैत्र २३ २०७७०३:५०:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार