बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्रीको लिखित जवाफ

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्रीको लिखित जवाफ

मेगा खबर संवाददाता

११, आषाढ २०७७
  • 2.2K
    SHARES

  • अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्रीको लिखित जवाफ
    सर्वोच्च अदालतले कोरोना संक्रमण सम्बन्धी आफूले दिएका आदेश पालना किन नभएको हो भन्ने कुराको लिखित जवाफ आफै उपस्थित भएर वा कानुनी प्रतिनिधिमार्फत दिन प्रधानमन्त्री केपी शर्मालाई आदेश गरेको छ।
     
    बरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको अवहेलनासम्बन्धी निवेनमा सुनुवाई गर्दै न्यायाधीश अनिल सिन्हाको इजलासले आफै वा कानुनी प्रतिनिधिमार्फत लिखित जवाफ बुझाउन आदेश दिएको हो।
     
    शर्माले अदालतबाट बैशाख ५ मा भएका ७ वटा अन्तरिम आदेश सरकारले कार्यान्वयन नगरी अवज्ञा गरेको भन्दै प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरूद्ध अदालतको अवहेलना निवेदन दिएका थिए।
     
    बुधवार सिन्हाको इजलासले १५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन विपक्षीलाई आदेश गरेको हो।
     
    वैशाख ५ गते यस अदालतले गरेको विभिन्न ७ वटा अन्तरिम आदेश अवज्ञा गरेको प्रश्न उठाइ विपक्षीहरू विरूद्ध अवहेलनामा कारबाही गरिपाउँ भन्ने निवेदन परेको देखियो, न्यायाधीश सिन्हाको एकल इजलासले दिएको आदेशमा भनिएको छ, उल्लेखित विभिन्न अन्तरिम आदेशको पालना कसरी गरिएको छ, ती आदेश पालना नगर्न भनेर कुनै निर्देशन निर्णय दिइएको हो या होइनरु निवेदनको माग बमोजिम आदेश जारी गर्नुपर्ने हो या होइन भन्ने कुराको आधारकारण खुलाई बाटाका म्याद बाहेक १५ दिनभित्र आफै वा आफ्नो कानुनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु।

    बिहिवार, आषाढ ११ २०७७०४:४१:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार