बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना संक्रमणबाट ललितपुरका थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट ललितपुरका थप एक जनाको मृत्यु

मेगा खबर संवाददाता

११, आषाढ २०७७
  • 1.4K
    SHARES

  • कोरोना संक्रमणबाट ललितपुरका थप एक जनाको मृत्यु

    ललितपुर । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ।

    चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

    ललितपुरमा मृत्यु हुने यी दोस्रो कोरोना संक्रमित व्यक्ति हुन्। यसअघि ललिलपुरकै बुंगमतीका ५७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो।

    उनको मृत्यु भएपछि शव व्यवस्थापन गर्न नेपाली सेनाको टोली पाटन अस्पताल पुगिसकेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।

    बिहिवार, आषाढ ११ २०७७०३:२२:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार