पोखरामा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव व्यवस्थापनमा प्रशासनलाई निकै कठिनाई भएको छ । कोरोना संक्रमितको शव गाड्न नदिन भन्दै पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीयले टायर नै बालेर विरोध प्रदर्शन गरेका छन् ।
स्थानीय प्रशासनले तल्लो गगनगौंडा क्षेत्रमा पर्ने लामतरास्थित सेती नदी किनारमा शव व्यवस्थापनको तयारी गरेको जानकारी पाएपछि घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेका हुन् । अन्य क्षेत्रका संक्रमित आफ्नो क्षेत्रमा ल्याएर गाड्न लागिएको भन्दै उनीहरुले आन्दोलन गर्नुपरेको बताएका छन् ।
शव व्यबस्थापन गर्न नदिने भन्दै स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गर्न थालेपछि झडप भएको छ । झडपका क्रममा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।
नेपाली सेनाले शव व्यबस्थापन गर्ने र पोखरा महानगरपालिकाले शव व्यवस्थापन स्थान खोज्ने सहमतिअनुसार महानगरले पोखरा ३२ मजुवा घाट तय गरेको थियो । जसअनुसार प्रहरील शवबाहनमा राखेर मृतकको शव घाटमा लगेको थियो ।
यता महानगरपालिकाले भने शव व्यवस्थापन गर्ने काममा अवरोध गर्न नहुने बताएको छ ।
यसअघि पहिलो कोरोना संक्रमितको व्यवास्थापन गर्न पोखराको स्थानीय प्रशासन ठूलो व्यवस्थापन गर्नुपरेको थियो । पोखरा वडा नं. ११ मा शव गाड्न प्रशासनले प्रहरी बल प्रयोग गर्नुपरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।