बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सप्तरीमा चट्याङ् लागेर ४ जनाको मृत्यु

सप्तरीमा चट्याङ् लागेर ४ जनाको मृत्यु

मेगा खबर संवाददाता

११, आषाढ २०७७
  • 1.4K
    SHARES

  • सप्तरीमा  चट्याङ् लागेर ४ जनाको मृत्यु

    सप्तरी । चट्याङ् लागेर सप्तरीमा चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो ।

    बिहीबार बिहान वर्षासँगै परेको चट्याङ् लागेर उनीहरुको ज्यान गएको हो।

    सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

    ‘बिहानै सप्तकोशी नदीमा नुहाउन गएका बेला बेचन यादव र छेदी ठाकुरको चट्याङ् लागेर मृत्यु भएको हो,’ भारतीले भने, ‘यस्तै ललितादेवी यादव खेतमा धान रोप्न जाँदा र केसी साह पनि खेतमा काम गर्न गएका बेला चट्याङ् लागेर मृत्यु भएको हो ।

    भारतीका अनुसार चट्याङ् लागेर ज्यान गुमाउनेहरुमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, ३० वर्षीया ललितादेबी यादव र ४६ वर्षीय केसी साह रहेको छन् ।

    बिहिवार, आषाढ ११ २०७७१०:५७:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार