दाङमा बुधबार एकै दिन ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा यस्तो पुष्टि भएको हो ।
बंगलाचुली गाउँपालिकाका ४२ जना र घोराही उपमहानगरका ३४ जनामा गरी एकै दिन ७६ जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । बंगलाचुली गाउँपालिका २ बाट संकलन गरिएको ८४ जनाको स्वाबमध्ये ४९ जनाको परीक्षण गरिएको र ती मध्ये ४२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
संक्रमित हुनेहरुको उमेर ५ देखि ४४ वर्ष उमेर समुहको छ । तीमध्ये ३ जना महिला रहेका छन् भने ३९ जना पुरुष रहेका छन् । घोराही उपमहानगरको १ का २५ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर ५ का ४ जना र वडा नम्बर १५ का एक जना गरी ३४ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ । यसमा तीनजना महिला रहेका छन्। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र अनुसार यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा प्युठानका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्युठान मल्लरानी गाउँपालिका र झिम्रुक गाउँपालिकाबाट संकलन गरिएको १४ जनाको स्वाब मध्य १० जनाको पोजिटिभ देखिएको प्रतिष्ठानले बताएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।