बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अनुमति बिना कोरोनाको औषधि परिक्षण गरेको आरोपमा बाबा रामदेवविरुद्ध राजस्थान सरकारले मुद्दा हाल्ने

अनुमति बिना कोरोनाको औषधि परिक्षण गरेको आरोपमा बाबा रामदेवविरुद्ध राजस्थान सरकारले मुद्दा हाल्ने

मेगा खबर संवाददाता

१०, आषाढ २०७७
  • 2.9K
    SHARES

  • अनुमति बिना कोरोनाको औषधि परिक्षण गरेको आरोपमा बाबा रामदेवविरुद्ध राजस्थान सरकारले मुद्दा हाल्ने

    राजस्थान सरकारले पतञ्जलि योगपीठका बाबा रामदेवविरूद्ध मुद्दा हाल्ने भएको छ । कोरोनाभाइरसको औषधि कोरोनिल बनाएको रामदेवले अनुमति बिना परिक्षण गरेको भन्दै राजस्थान सरकारले धोखाधडीको मुद्दा हाल्ने भएको हो ।

    बाबा रामदेवले कोरोनाको औषधी कोरोनिल पतंजलि रिसर्च इन्स्टिच्यूट र नेशनल इंस्टिट्यूट अफ मेडिकल साइन्स (एनआईएमएस) विश्वविद्यालय, जयपुरले तयार पारेको दावी गरेका थिए । तर, पतञ्जलिले आयुष मन्त्रालयमा पेस गरेको शोधपत्रअनुसार कोरोनिलको क्लिनिकल टेस्ट १२० बिरामीमा गरिएको उल्लेख छ । जसमा कोरोना भाइरसका लक्षणहरू निकै कम थियो र बिरामीहरुको उमेर १५ देखि ८० वर्ष रहेको थियो ।

    बिरामीहरुको नतिजा तिन दिन भित्र नेशनल इंस्टिट्यूट अफ मेडिकल साइन्समा आउने र जसमाथी परिक्षण गरिएको थियो उनीहरु एसिम्प्टोमेटिक रहेको र सोहि दिन उनीहरुको रिपोर्ट नेगटिव आएको थियो । तर, आयुष मन्त्रालयले पतञ्जलिलाई कोरोनिल औषधिको प्रचार प्रसारमा रोक लगाएको छ ।

    बुधवार, आषाढ १० २०७७०३:५०:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार