बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विशेष प्याकेजको व्यवस्था गर्न सरकारसंग सांसदहरुको आग्रह

विशेष प्याकेजको व्यवस्था गर्न सरकारसंग सांसदहरुको आग्रह

मेगा खबर संवाददाता

१०, आषाढ २०७७
  • 1.4K
    SHARES

  • विशेष प्याकेजको व्यवस्था गर्न सरकारसंग सांसदहरुको आग्रह

    कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनलाई शुन्य समय मानेर विशेष प्याकेजको व्यवस्था गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले लकडाउन सुरुदेखि अन्तिम सम्मको अवधिलाई शून्य समय मानेर सबै वर्गलाई राहत पुग्ने गरि प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    सांसद मिनबहादुर विश्वकर्माले लकडाउन अवधि भरको आर्थिक कारोवार र दायित्वबारे सर्वत्र विवाद देखिएका भन्दै सबै वर्गलाई राहत पुग्ने गरी प्याकेजको व्यवस्था गर्न आग्रह गरे । उनले सो अवधिको घरभाडा, बैंकको व्याज, कर, विद्यालयको शुल्क लगायतमा छुट हुनु पर्ने, निजी विद्यालयका शिक्षकहरुलाई पनि सामुदायिक विद्यालयको शिक्षक सरह सरकारले तलब भुक्तानी गर्नुपर्ने, दैनिक वा मासिक ज्यालादारी गर्ने मजदुरलाई मासिक ७ हजार नगद राहत दिने व्यवस्था गर्नुपर्ने, होटल रेष्टुरेण्ट र क्याफेलाई सुलभ ब्याजमा पुनः सञ्चालन कर्जा दिनुपर्ने लगायतका माग पनि गरे ।

    यस्तै, बैठकमा सांसद भरतकुमार शाहले सरकारले नेपाली श्रमिकलाई विदेश पठाउँदा १० हजार र ल्याउँदा १ लाख २२ हजार तोकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    बुधवार, आषाढ १० २०७७०१:२१:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार