काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै घुस लिने एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो ।
सापकोटाले सवारी पास बनाइदिने भन्दै सेवाग्राहीबाट ३ हजार रुपैयाँ घुस लिएका थिए । उनलाई घुससहित जिल्ला प्रशासन कार्यालय काठमाडौंको नजिकको लेखापढी सेन्टरबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।