बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान

हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान

मेगा खबर संवाददाता

१६, चैत्र २०७७
  • 2.0K
    SHARES

  • हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान

    खोटाङ, दर्शनार्थी तथा भक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।

    हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले हलेसी गुफा, हलेसी मन्दिर परिसर तथा हलेसी बजार आसपासका १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको हो ।

    हलेसी मन्दिरको शान्ति सुरक्षाका लागि दुई वर्षअघि जडान गरिएका सात सिसी क्यामेरा प्रभावकारी देखिएपछि पुनः थप क्यामेरा जडान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख ईवन राईले बताए ।

    गुफाभित्रको महादेवथान, पर्वतीथान, बसाहाथान, मन्दिर प्रवेशद्वार, सूचना केन्द्र, रिठ्ठाबोटे, साल्पा बैंक चोक, हलेसी भिलेज होटल क्षेत्र, ट्राफिक चोक, ग्यारेज, डाँडाबजारलगायतका स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै हलेसी मन्दिर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने लक्ष्यका साथ रु १५ लाख खर्चमा सिसी क्यामेरा जडान गरिएको नगरप्रमुख राईले जानकारी दिए ।

    सोमवार, चैत्र १६ २०७७०२:१९:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार